जेठ ३२ । खोटाङमा जारी अन्तर क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक खोटाङ फुटबल एकेडेमीबीच हुने भएको छ । गत शुक्रबारदेखि जारी प्रतिोगिताको फाईनल खेल मंगलबार अपरान्ह माटिकोरे खेल मैदानमा हुने आयोजकले जनाएको हो ।
जिल्ला खेलकुद बिकास समितिमा दर्ता भएका ११ क्लबले सहभागिता जनाएको प्रतियोगिताको सेमी फाईनल खेलमा खारम्बु स्पोर्टस् क्लबले माटिकोरे सेवा समाजलाई ४–१ गोल अन्तर तथा आयोजक एकेडेमीले नुन्थला स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रबेश गरेका हुन् । दुवैतर्फका खेलाडी तुलनात्मक रुपमा अनुभबी तथा परिपक्व रहेकाले खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक रहने दर्शकको अनुमान छ । खेल हेर्नका लागि दर्शकका घुईंचो लाग्दै आएको छ ।
जिल्लामा फुटबल खेलको स्तरोन्नतीका लागि भनेर आयोजना गरिएको प्रतियोगिताका केही खेल भने तनाबपुर्ण बनेको छ । सोमबार भएको आयोजक र नुन्थला स्पोर्टस् क्लबबीचको खेल तनाबपुर्ण बनेको थियो । खेलको अन्त्यतिर आयोजकका गोलकिपरले रेड कार्ड पाएपछि खेल तनाबपुर्ण बनेको हो । समाएको बललाई किपरले होल्ड गर्ने क्रममा बिपक्षी खेलाडीले खोस्न खोज्दा किपर बिपक्षीमाथि जाई लागेका थिए । किपरले रेड कार्ड पाएपछि आयोजकका खेलाडी ८ जनामा सिमित भएका थिए ।
यस्तै, आईतबार सम्पन्न आयोजक र भवन गैरा फुटबल क्लबबीचको खेल पनि तनाबपुर्ण बनेको थियो । खेलमा खेलाडी–खेलाडीबीच हात हालाहालको अवस्था भएपछि खेल तनाबपुर्ण बनेको हो । दुवैतर्फका गोलकिपर तथा मैदानमा रहेका अन्य खेलाडीबीच पनि भनाभन तथा झम्टाझम्टी भएको खेलको अन्त्यलगत्तै आयोजकका गोलकिपर बिपक्षी गोलकिपरमाथि जाई लागेका थिए । यद्यपी, दुवैतर्फका खेलाडी राखी आयोजकले मेलमिलाप गराएका थिए ।