खोटाङ असोज–१६, रुखबाट लडेर गम्भिर घाईते वनेको खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका ईन्द्रकुमार राई(रमेश)को उपचारमा आर्थिक अभाव भएको छ । अरिंगाल काढ्नका लागि असोज १२ गते साँझ पात्लेको रुखमा चढ्ने क्रममा करिब डेढ सय फिट माथिबाट लडेको राईको उपचारमा आर्थिक संकट भएको हो ।
दोश्रो दिन १ लाख ६१ हजारमा हेलिकोप्टर चार्टर गरेर काठ्माण्डौंको मेडिकेयर अस्पतालमा पु¥याइएको राईको होस् नखुलेको आफन्त सिताराम राईले बताउनुभयो । घाईंते राईको मस्तिष्कमा गम्भीर असर पुगेकाले लामो उपचार गर्नुपर्ने बताइएको छ ।
घाईतेलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले वडा कार्यालय खिदिमाले सोमबार आर्थिक सहयोगका लागि सिफारिस दिएको छ । आर्थिक अवस्था कमजोर भएको र आफैले उपचार गर्न सक्ने अवस्था नभएकाले सहयोगका लागि सिफारिस दिएको वडा कार्यालयले जनाएको छ ।
श्रीमती टिना राई समेत ब्रेन ट्यूमरको समस्याबाट पीडित भएको अवस्थामा राई पनि लडेर गम्भीर घाईते भएपछि परिवारमा संकट आइपरेको आफन्तले बताएका छन् ।