
खोटाङ साउन–१८, खोटाङमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बृद्दि गरिएको छ । जिल्लाका यातायात व्यवसायीहरुले मंगलबार अर्थात साउन १९ गतेदेखि लागु हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेका हुन् ।
सोमबार सार्वजनिक गरिएको भाडादर अनुसार अब दिक्तेलबाट काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ बस भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । यस्तै, दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७ सय २८ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८ सय ५६, दिक्तेल–ईटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४०, दिक्तेल– बिराटनगर र दिक्तेल–काकडभिट्टा २ हजार ३ सय ४ र दिक्तेलबाट गाईघाट जान १ हजार ५ सय ३६ रुपैयाँ भाडा कायम गरिएको छ ।