खोटाङ असोज–१८, खोटाङका भूकम्प पीडित लाभग्राहीलाई पूर्ननिर्माणको लागि दिईने तेश्रो किस्ता वापतको अनुदान रकम वितरण सुरु गरिएको छ । महाभूकम्पका कारण घरविहिन बनेपछि पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम गरिरहेका लाभग्राहीलाई राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले तेश्रो किस्ता बितरण गर्न सुरु गरेको हो ।
जिल्लाका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये पहिलो र दोश्रो किस्ता लिएर मापदण्ड अनुसार घर निर्माण गरिरहेकामध्ये हालसम्म १ सय ३८ लाभग्राहीलाई तेश्रो किस्ता बितरण गरिसकिएको राष्ट्रिय पूर्ननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो ।
हालसम्म कुल लाभग्राहीमध्ये ८ हजार ३ सय १० लाभग्राहीले पहिलो किस्ता वापत ५० हजार र ३ हजार ३ सय ७९ लाभग्राहीले दोश्रो किस्ता वापत १ लाख ५० हजार अनुदान पाएर आवास निर्माणको काम गरिरहेका छन् । दोश्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु¥याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजारका दरले अनुदान दिने प्रावधान छ ।