असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको हो ।
महिला हिंसा, दुव्र्यवहार र बलात्कारको घटना बढ्दो पाइएपछि कक्षा ११ र १२ का बिद्यार्थीलाई सहभागी गराएर शुक्रबार सचेतनामुलक कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । कार्यक्रममा यौन दुव्र्यबहार, महिला हिंसा, लागु औषध, शान्ति सुरक्षा, साइबर क्राईम, कानूनी प्रावधान, सजाय व्यवस्था, ट्राफिक नियम लगायतका बारेमा छात्र÷छात्रालाई जानकारी दिइएको छ ।
प्रहरी सहायक निरीक्षक सिता पछाईले हिंसालाई गुपचुप राख्दा अपराधिक मानसिकता भएका व्यक्तिको मनोबल झनै बढ्ने उल्लेख गर्नुभयो । महिला हिंसा बिरुद्धको सचेतनामुलक अभियान अन्य बिद्यालयमा पनि पु¥याइने सामुदायिक बिकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो ।