खोटाङ । दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना भएकी एक सुत्केरीको उद्धारका लागि आएको हेलिकोप्टर रित्तै फर्किएको छ । समय अगावै सुत्केरी व्याथा लागेको महिलालाई उद्धार गर्न आएको नेपाली सेनाको हेलीकोप्टर बस्न नपाउँदै बच्चा जन्मिएपछि एक रात रोकिएर रित्तै फर्किएको छ । खराब मौसमका कारण एक रात हेलिकोप्टर दिक्तेलमा नै रोकिन पुगेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी १९ वर्षीय सिर्जना बिकको उद्धारका लागि बुधबार आएको नेपाली सेनाको हेलीकोप्टर बिहिबार बिहान फर्किएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here