खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेकपाले बुधबार पार्टी कार्यालय दिक्तेलमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका नेता टंक राईसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, सुरक्षा निकाय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो । हेर्नुहोस् तस्बीरः

तस्बीर सौजन्यः दुर्गाजयन्ती राई/खेमराज राई, फेसबुक