काठमाडौं ६ भदौ
पूर्वमन्त्री पोखरेल |
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले केही दिन अगाडी निमोनियाका कारण निधन भएका जिल्लावासी दिपक राईको निधनले खोटाङको विकास र परिवर्तनमा ठूलो क्षति भएको जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका सदस्य समेत रहेका राईको साउन २८ गते ३४ वर्षको उमेरमा उपचारका लागि काठमाडौं लैजाने क्रममा जिल्लामै निधन भएको थियो ।
उनको निधनपछि पोखरेलले एक श्रद्धान्जली वक्तव्य जारी गर्दै निधनले पार्टीका नेता कार्यकर्ताहरु र समस्त खोटाङे जनता स्तब्ध भएको र उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।
‘क. दिपक राई नेपाली कम्युनिष्ट आन्दोलन मार्फत क्रान्ति, परिवर्तन र राष्ट्रका लागि सक्रिय रहदै हामीबाट बिदा हुनुभएको छ’, खोटाङमै जन्मिएका नेता पोखरेलद्धारा जारी श्रद्धान्जली वक्तव्यमा भनिएको छ, ‘नेपालको संविधान जारी भई नेपाली संघीय गणतन्त्रात्क राज्य भएको र प्राप्त उपलब्धीको रक्षा र संविधानको कार्यान्वयनमा खोटाङमा क्रियाशिल रहेको अवस्थामा भएको उहाँको निधनले खोटाङको परिवर्तन, विकास, वर्ग संघर्ष र कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको महसुस भएको छ ।’
उनले, यो समयमा शोकलाई शक्तिमा बदल्दै उनको निष्ठा, आदर्श र सपनालाई बोकेर अघि बढ्न सबैमा अनुरोध समेत गरेका छन् ।