खोटाङ । कोरोना महामारीको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट काठमाडौं जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खोटाङ यातायात प्रालिमा आवद्ध बसका सञ्चालकले दिक्तेलबाट काठ्माण्डौं जाने यात्रुबाट प्रतियात्रु १ हजार २०० रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ५ सय रुपैयाँ भाडा लिएको पाइएपछि बढी भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराएर सो बसका सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५०० रुपैयाँ जरिवाना गरेर पुःन त्यस्तो गल्ती नदोहोर्‍याउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।