खोटाङ ७ असार । नेर्पाली एकता समाज काठमाडौंको पहलमा स्वास्थ्य कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । महामारीका बेला ‘बाँच्ने र बचाउने’ अभियान स्वरुप स्वास्थ्य कार्यालय र वडा कार्यालय नेर्पालाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

समाजका अध्यक्ष गणेश पराजुलीको संयोजनमा खाल्सा एड इन्टरनेशनलबाट स्वास्थ्य कार्यालयलाई १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, नेर्पाका लागि २५ थान अक्सिमिटर र २ थान थर्मल गन प्रदान गरिएको छ । यसैगरी, रबि लामिछाने फाउण्डेसनबाट नेर्पाका लागि २ सेट अक्सिनजन सिलिण्डर, १० लिटर क्षमताको एक थान र ५ लिटर क्षमताको एक थान अक्सिजन कन्सन्ट्रेटर, १० थान थर्मल गन, ४ थान स्ट्रेचर, ८ थान पिपिइ सेट, ५ बक्स सर्जिकल ग्लोव्स र २ हजार पिस फेस मास्क जुटाइएको जनायउको छ ।

नेर्पाली एकता समाजको तर्फबाट नेर्पाका सय परिवारलाई खाद्यान्न पनि वितरण गरिएको छ । कोभिड–१९ को महामारीका कारण समस्यामा परेका परिवारलाई खाल्सा एड इन्टरनेशनलबाट जुटाएर चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको हो ।