खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोरोना संक्रमितलाई पोसिलो खानेकुरा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ छोरम्बु स्थित होमादेवी आमा समुहले समुहको ६ जना संक्रमित सदस्यलाई पोसिलो खानेकुरा वितरण गरिएको हो ।

जेठ २९ गते एन्टिजेन परिक्षण गर्दा समुहको २ पुरुष सहित ४ जना महिलालाई कोरोना संक्रमित पुष्टि भएको थियो । बुधबार घर घरमा गएर जनहि भाले, तेल,लगायतको सामाग्री बितरण गरिएको बताइएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभित्र एन्टिजेन परिक्षण निरन्तर गराउँदै आएको छ ।