खोटाङ असार–३, खोटाङस्थित रावाबेसी गाउँपालिका–६ हौंचुरका युवाहरुले गाउँका लागि स्वास्थ्य सामाग्री जुटाएका छन् । स्वदेश तथा विदेशमा रहेका गाउँका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका हुन् ।

रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेकै अवस्थामा दुई वर्षअघि आफ्नो गाउँठाउँका लागि ‘एम्बूलेन्स जुटाऔं अभियान’ सञ्चालन गरेका युवाले यसपल्ट कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा उपयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । २०७६ चैतमा एम्बूलेन्स खरिद गरेपछि बाँकी रहेको ६५ हजारमा एक थान अक्सिमिटर, एक थान थर्मलगन, ५ थान पिपिई सेट, सय व्याग मास्क, २ जार सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री खरिद गरेर पठाइएको अभियान्तामध्येका गजेन्द्र खालिङ राईले जानकारी दिनुभयो ।

खालिङ सहित चिरन कार्की, सम्मर खड्का, गणेश गुरुङ लगायतको अगुवाईमा पठाइएको स्वास्थ्य सामग्री वडाध्यक्ष यज्ञनारायण श्रेष्ठमार्फत स्वास्थ्यचौकी हौंचुरमा पु¥याइएको जनाइएको छ । युवा अभियान्ताले कोभिड–१९ को संक्रमणका बेला सेवन गर्ने औषधि समेत पठाएका छन् ।

केही समयपछि हौंचुरका घर–घरमा पुग्नेगरी थप स्वास्थ्य सामग्री पठाउनका लागि अभियान सञ्चालन भइरहेको खालिङले जनाउनुभयो ।

आफ्नो गाउँठाउका मान्छेले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्यले अभियान थालिएको उल्लेख छ । प्रवासमा रहेका हौंचुरका युवाको पहलमा २०७६ सालमा देश तथा विदेशमा रहेका ३९ जनाबाट संकलन गरिएको ५ लाखमा रावाबेँसी गाउँपालिकाको ६ लाख थप गरेर एउटा एम्बूलेन्स खरिद गरेर ल्याइएको थियो ।।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here