खोटाङ ३ असार । खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । हालसम्म ७७२ जना संक्रमित भन्दा बढीले कोरोना जितेका छन् । जिल्लामा कुल १ हजार ४६९ जनालाई संक्रमण हुँदा ७७२ संक्रमितले संक्रमण जितेका हुन् ।

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १३१ जना, रावाबेँसी गाउँपालिकाका ५० जना, केपिलासगढी गाउँपालिकाका १८ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ३० जना, साकेला गाउँपालिकाका ८८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६८ जना र बराहपोखरी गाउँपालिकाका ११ जनाले संक्रमण जितेका हुन् । ७७२ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ६८२ जना रहेको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here