खोटाङ जेठ–२०, खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । मोटरसाईकल चोरीको अभियोगमा केपिलासगढी गाउँपालिका–३ बासपानीका २२ वर्षीय सरोज बिक र जुम्लाको गुठीचौंर गाउँपालिका–५ का २० वर्षीय राजेश खत्रीलाई जिल्ला प्रहरी कार्यालयका टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने युवाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरीमा संलग्न भएको अभियोग छ । बिकलाई जेठ १८ गते र खत्रीलाई जेठ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो ।

बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुइपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ । मोटरसाईकल सहित पक्राउ परेका दुबै जना बिरुद्द जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here