खोटाङ । खोटाङको साकेला गाउँपालिकाले टोल–टोलमा स्वास्थ्यकर्मी पठाएर एन्टीजेन परीक्षण गर्ने भएको छ । स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा स्वास्थ्यकर्मीमार्फत एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अनुसार एन्टीजेन परीक्षणका क्रममा भेटिएका संक्रमितले कम्तीमा १४ दिन सम्वन्धित वडाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने छ ।गाउँपालिकाभन्दा बाहिरका संक्रमित क्षेत्रबाट पालिका प्रवेश गर्ने व्यक्तिले पनि वडाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भएको छ गाउँपालिका प्रवेश अगाडि सम्वन्धित वडाका वडाध्यक्षलाई सम्पर्क गर्नुपर्नेछ ।