खोटाङ । ‘घरपरिवारमै यो उभौलीमनाऔं, कोभिड–१९ बाट बचौं र बचाऔं’ किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राईले सामाजिक सञ्जालमाबाट यस्तो आग्रह गर्नुभएको छ । महासचिव राईको आग्रह जस्तै यो वर्षको उभौली चाड किरात समुदायले घरभित्रै सिमित गर्न बाध्य छन् ।

गत वर्ष जस्तै किरात समुदायको महान चाड साकेला (उभौली)को समयमा कोरोनाको संक्रमण फैलिएकाले यो वर्ष पनि किरात समुदायले खुलेर चाड मनाउन पाएनन् । परम्परागत भेषभूषामा ठाँटिएर आफन्त, ईष्टमित्र चेली–माईती, दौंतरी ढोल र झ्याम्टा बजाउदै शिलीनाच्ने अनि शुभकामना साट्ने चाहाना यो बर्ष पनि अधुरै बनेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्ने, मनाउनै पर्ने भएमाविधि फुकाउने मात्रै व्यवस्था गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै जनस्वास्थ्यको संबेदलशीलतालाई मध्येनजर गर्दै जिल्लामा उभौलीलाई औपचारिकतामा सिमित गराएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जनाउनुभयो । दिक्तेलबजार सहितजिल्लाभर साकेला चाडको विधिफुकाउने काममात्रै भएको किरातको भनाई छ ।

जलचर तथा थलचर बेंसीबाट लेकतिर अर्थात उधोबाट उभोतिर निस्कने गर्मी याममा उभौली र उभोबाट उधोति र झर्ने जाडो याममा उद्यौली चाड मान्ने गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेलाअन्नबाली छर्ने बेलाअर्थात बैशाखे पूर्णीमा र अन्नबाली उठाउने याममंसिर पूर्णीमामा एक/एक महिना दिनसम्म चुल्हो तथा पित्रीपुजा र शिलीनाच्दै मनाउने चलन छ । अन्नबाली सप्रियोस, सुब्यफाब्य होस, रोग ब्याधी नलागोस भन्दै उभौली र सह बसोस्, सुब्य फाब्य होस् भन्दै उधौली मनाईन्छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here