खोटाङ जेठ–१०, खोटाङका कोरोना संक्रमितलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा सडक यातायातको असहजताका साथै तत्कालै उपचारमा पु¥याउनुपर्ने बाध्यताले हेलि चार्टर गर्नुपर्नेे अवस्था आएको हो ।

सोमबार दिक्तेलबजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख ५० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको छ । केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराईराखिएको संक्रमितलाई थप उपचारमा काठमाण्डौंको अस्पताल लैजान महंगो भाडामा हेलि चार्टर गर्नुपरेको हो ।

यसअघि, जेठ ५ गते ऐसेलुखर्क गाउँपालिकाका एक परिवारले उपचारमा जान तीन लाख २० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरेको थियो । एकै परिवारका तीन संक्रमितको लागि महंगो भाडामा हेलि चार्टर गर्नुपरेको हो । संक्रमितको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको थियो । सोही परिवारका ७८ बर्षीय बृद्दको कोरोनाकै कारण मृत्यु भएको थियो । हेलिकोप्टर चार्टरमा पाउन पनि मुस्किल परेको उक्त गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाको भनाई छ ।

जिल्लाभर हाल ८ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

जिल्लामा कोरोना संक्रमितमध्ये २९ जना निको भईसकेका छन् । हाल ४ सय २९ जना सक्रिय संक्रमित जिल्लामा रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यू भएको छ ।।