खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए राती जिल्ला अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नुभएको छ ।

बिरामीलाई अस्पतालमा पु¥याई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय वाणिज्य वैंक दिक्तेलका पूर्व प्रवन्धक समेत रहेका राजभण्डारीलाई केही दिनदेखि सामान्य ज्वरो आएको बुझिएको वडा सदस्य प्रकाश श्रेष्ठले जनाउनुभयो । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको सहयोगमा सद्गदका लागि परिवारलाई नै दिने तयारी भइरहेको जनाईएको छ ।

नगरपालिकाभित्र ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हाल जिल्लामा २ सय ५९ जनामा संक्रमण देखिएको छ ।
यसअघि साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँमा पनि एक बृद्दको संक्रमणबाट मृत्यु भएको थियो । संक्रमणबाट अन्य ठाँउमा उपचारको क्रममा खोटाङका दर्जन बढीको मृत्यु भइसकेको छ ।

नगरपालिका लगायत जिल्लास्थित दश वटै स्थानीय तहले संक्रमणबाट बच्न र बचाउनका लागि सजकता अपनाउन अपिल गरिरहेको छ ।।