
भोला बिक्रम राई/युके
खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न भएको छ । ९ मे, २०२१ आइतबारको दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न अधिवेशन मार्फत डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ। यसअघि कार्यसमितिका उपाध्यक्ष रहेका नव निर्वाचित अध्यक्ष डा. राई East London NHS Foundation Trust मा Consultant Psychiatrist का रुपमा कार्यरत हुनुहुन्छ।
नयाँ कार्य समितिमा क्रमश उपाध्यक्षहरु भाग्यती राई, प्रशाद राई, झलम राई र भविन राई, महासचिवमा भोला बिक्रम राई, सचिवहरू रोजिना राई, देवेन्द्र खेरेस राई र राजेन्द्र राई, कोषाध्यक्ष चन्द्र जयपाल र सह-कोषाध्यक्षमा सन्जिव राई निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कार्य समितिहरुका सदस्यहरुमा सन्तोष राई, वसन्त गुरुङ, खिलेन्द्र राई, जानुका राई, धिरज राई, सन्जिव राई ‘पारदर्शी’, सुमि राई (ननिन्टन), लिला गोम्देन, बम बहादुर तामाङ्, शिवध्वज राई, अरुणा राई, प्रज्वल राई, श्री पुजन खत्री र ढाक बहादुर राना रहेका छन् ।
विश्वभर फैलिएको महामारी कोभिड १९ रोक थाम र नियन्त्रण गर्न बेलायतमा अझैं आंसिक लक डाउन रहेको कारण सहजरुपमा ठुलो जमघट गर्न प्रतिबन्ध नहटेकोले अधिवेशन भर्चुअल (जुम) माध्यमबाट गर्नु परेको अधिवेशनको बन्दसत्रको अध्यक्षता गरिरहनु भएको खोसेस युकेका तत्कालीन अध्यक्ष मेजर (रि.) भुपजीत पुमा राईले जानकारी गराउनुभयो।
निःस्वार्थ सामाजिक सेवा भावले सन् २००७ मा स्थापना गरिएको खोटाङ सेवा समाज बेलायतमा रहेका खोटाङेहरूका बिच र गृह जिल्ला खोटाङमा बिभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ।
सन् २०१७ मा आफ्नो गृह जिल्ला खोटाङलाई समाजले सात वटा एम्बुलेन्स उपलब्ध गराएको थियो। जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउने र उनीहरुको ज्यान बचाउका लागि दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीहरु चिसापानी, डाँडागाउँ, बाक्सिला, सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि सातवटा एम्बुलेन्स र जिल्ला अस्पताल खोटाङमा १ थान अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएको थियो।
त्यसैगरी, समाजको प्रत्येक कार्य समितिको एक कार्यकालमा खोटाङमा जन्मेर बिभिन्न क्षेत्रहरुमा क्रियाशिल बिशिष्ट ब्यक्तिहरु मध्येबाट छनौंट गरी नगद रु एक लाख र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभाहरु मध्येबाट एकलाई नगद रु. ५० हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ समेत प्रदान गर्दै आइरहेको छ ।