
खोटाङ २५ असोज । धार्मिक तथा पर्यटकिय स्थल भुलभुले दुधकुण्डको स्तरउन्नती गर्दै उदघाटन गरिएको छ ।
रुपाकोट मझुवागढी नपा–६ नेर्पामा अवस्थित भुलभुले दुधकुण्ड त्रिधार्मिक देउधामको एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उदघाटन गरे ।
देउधामको गेट, रेलिङसहित सिँडी, ७ वटा धारा, घुमाउरो पोखरी, कम्पाउण्ड, छाना, बस्ने फलामे बेञ्च लगायतका संरचना बनाइएको छ ।