खोटाङ । जिल्लाको तीन वटा सामुदायिक जंगलमा डढेलो लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित तीन वटा सामुदायीक वनमा फैलिएको डढेलोका कारण चार घर र एक वटा बाख्रा फर्म जलेर नष्ट भएको छ ।

डढेलोले स्थानीय तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको छ भने स्थानीय जुरेथुम्का सामुदायीक वन र साँघुरी सामुदायीक वनमा लागेको डढेलोले मानिस बसोबास नगर्ने घर जलेको छ ।

आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको छ । हलेसी तुवाचुङ नगपालिका–११ राजापानीतर्फबाट तीन दिनअघि सुरु भएको डढेलो बिजयखर्कको साँघुरी सामुदायीक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here