काठमाडौं । नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यसमिति पुनर्गठन भएको छ । पुनर्गठित सम्पर्क मञ्चको अध्यक्ष नवराज रोका चयन भएका छन् । काठमाडौंको मिनभबनस्थित एक बैक्वेटमा शनिबार भएको भेलाले रोकालाई अध्यक्षमा सर्बसहमत चयन गरेको हो ।

नेकपा प्रचार विभाग प्रमुख तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिबमा राजकुमार राई सहित ७७ सदस्य कमिटी निर्माण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश नं १ सम्पर्क कमिटी अध्यक्ष ईन्द्र भण्डारी, प्रदेश सांसद महिला नेतृ उषाकला राई, नेकपा नेता कर्ण घले, नेता पिके राई लगायतको उपस्थिति रहेको थियो । भेलामा खोटाङ स्थाई घर भई काठमाडौं बस्ने ओली पक्षका कार्यकर्ताहरू सहभागी थिए ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here