खोटाङ, १८ भदौ । जिल्लामा ग्याँस व्यवसायीले खाना पकाउने ग्याँसको मूल्या घटाएको छ । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ग्याँस डिलर र व्यवसायीले प्रतिसिलिण्डर २ सय ५० रुपैयाँका दरले मूल्या घटाएका हुन् । 
हालसम्म २ हजार १ सयका दरले बिक्री हुँदैआएको ग्याँसको मूल्या प्रतिसिलिण्डर १ हजार ८५० रुपैयाँ कायम गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । 
उद्योग बाणिज्य संघको रोहबरमा शनिबारदेखि लागू हुनेगरी ग्याँसको मूल्या घटाएको हो । ढुवानी दर घटेका कारण पनि ग्याँसको भाडा घटाइएको ग्याँस व्यवसायीले बताएका छन् ।