काठमाडौं । खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल बजारको सडक ढलानका लागि थप पाँच करोड बजेट उपलब्ध हुने भएको छ ।

अर्थमन्त्रालयले दिक्तेलको सडक ढलानका लागि थप बजेट निकासा गर्ने निर्णय गरेको हो । दिक्तेलको सडक ढलानको काम भने अहिले पनि जारी छ ।

ढलानमा आवश्यक बजेट नपुग्ने भएपछि सांसद विशाल भट्टराई, मेयर दिपनारायण रिजाल लगायतले अर्थ मन्त्रालय तथा सहरी विकास मन्त्रालयसँग थप बजेट माग गरेका थिए । अर्थसँग थप १२ करोड ५ लाख बजेट माग गरिए पनि अर्थले भने खर्च हुन नसक्ने रकमबाट व्यवस्थापन गर्ने गरी पाँच करोड दिने निर्णय भएको हो । सांसद भट्टराईले आगामी आर्थिक वर्ष दिक्तेल बजारको सडक ढलान भइसक्ने जनाएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here