खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ र उपसंयोजकमा सरद राई चयन भएका छन् । उक्त समूहको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको बृहत कार्यकर्ता भेलामार्फत जिल्ला कमिटी पुर्नगठन भएको हो । ग

भेलाले एकसय ११ जनाको जिल्ला कमिटिको घोषणा गरेको छ । यस अघि युवा संघका जिल्ला संयोजक तोकिएको रसकुमार राई नेकपा ओलि समुहमा लागेपछि संयोजकको पद रिक्त रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति समन्वय समितिका अध्यक्ष बबि चाम्लिङले मुलुकको भाग्य र भविष्य युवाहरुको हातमा रहेको बताएका छन् । विशेष अथिति नेकपा जिल्ला अध्यक्ष देवान किराती पृथ्वीले युवाहरुको काँधमा देश बदल्ने जिम्मेवारी रहेको बताएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here