काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को ६० औं वार्षिक उत्सवको अवसरमा खोटाङका पत्रकार केदार मगर १ नं. प्रदेशको सर्वोत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत भएका छन् । उनी प्रदेशको सर्वोत्कृष्ट समाचारदाताका रुपमा दोस्रो पटक पुरस्कृत भएका हुन् । दोस्रो पटक सम्मानित तथा पुरस्कृत हुँदै उनले रू १५ हजार प्राप्त गरेका छन् ।
काठमाडौंमा राससको वार्षिकोत्सवको अवसरमा मगरसहित सम्मानित तथा पुरस्कृतहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हाे । मगर खोटाङस्थित राससका समाचारदाता हुन् ।
यसअघि, खोटाङका अर्का पत्रकार दमन राई पनि सम्मानित भएका थिए । नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष समेत रहेका राई कोभिड संक्रमणविरुद्ध विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका हुन् । नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक सामग्री प्रवाह गरेकोमा उनलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here