खोटाङ फागुन–४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको छाकालुङ्ग खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार सोल्माबाट दिक्तेलतर्फ आउँदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका अन्दाजी १९ वर्षीय सन्जिव खड्काको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भई पल्टिदा खड्काको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा परीक्षण गरिएको छ ।

ट्याक्टरमा सवार अर्को एकजना घाईते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टरको चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्दप्रसाद शाहले बताउनुभयो ।
घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।