
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको अंसवैधानिक कदमविरुद्धको विशाल विरोध सभामा खोटाङबाट नेकपा नेता तथा कार्यकर्ता काठमाडौं पुगेर सहभागिता जनाएका छन् ।
नेकपा खोटाङ तथा नेकपा खोटाङ–काठमाडौं सम्पर्क मञ्चको ब्यानरमा खोटाङेहरु माइतीघरदेखि कार्यक्रमसभा स्थलसम्म पुगेर प्रतिगमनको विरोध जनाएका हुन् । विरोधसभामा विशाल जनसमुदायको उपस्थिति रहेको थियो ।