खोटाङ २७ असोज ।  युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् ।
दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पौडेलले समृद्धिको अभियान तुहाउने र देशलाई अस्थिरतातर्फ लैजाने गरी केही शक्ती क्रियाशिल रहेको समेत उल्लेख गरे ।
उनले सरकारको समृद्धिको अभियान तुहाउने र देशलाई अस्थीरतातर्फ लैजाने शक्ति सक्रिय रहेको भन्दै ति शक्तिलाई परास्त गर्नु नै वर्तमान सरकारको प्रमुख कार्यभार भएको पनि बताए ।
अध्यक्ष पौडेलले युवा संघको नेतृत्वले झकझक्याएकै कारण सरकारले बेरोजगारलाई रोजगारमुक कार्यक्रम गर्न प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको समेत जनाए ।