खोटाङ । प्रतिनिधिसभा विघटन गरेर संविधान र अहिलेको व्यवस्था नै उल्टाउन खोजेको विषय बुझाउन नेपाल कम्युनिष्ट पार्टी खोटाङ प्रचण्ड–नेपाल समूह गाउँ–गाउँमा जान थालेको छ ।

नेकपा हलेसी तुवाचुङ नगर कमिटीको मंगलबार बैठक बसेर जनतालाई सत्य कुरा बुझाउन र संसद विघटनकारीहरुले झरेको भ्रम चिर्न जनता समक्ष जाने निचोड निकालेको छ ।

खोटाङ नेकपाले जनतालाई सत्य कुरा बुझाउन भन्दै अहिले अभियान नै थालेको छ । अन्य नगरपालिका तथा गाउँपालिकामा पनि नेकपाका नेता कार्यकर्ता जनतासमक्ष पुगेर सभा सम्मेलन गर्ने, संसद विघटनको विरोध गर्ने कार्यलाई तिब्रता दिइरहेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here