एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षणकाक्रममा खोटाङ आइपुगेका नेता पाण्डेले प्रदेशको सिमाना निर्धारण, बैबाहित अंगीकृत नागरिकता लगायतका बिषयमा स्वयं सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताए ।
संबिधान संशोधन र परिमार्जन गर्न सकिने विषय भए पनि ठोस कारण र आधार चाहिने एमाले स्थायी कमिटि सदस्य पाण्डेको भनाई थियो । प्रदेशको सिमांकनकाक्रममा सुनसरी र कैलाली फुटाउने÷नफुटाउने, तराई–पहाड अलग गर्ने÷नगर्ने विषयमा स्वयं सत्तारुढ दलभित्रै बिवाद रहेका कारण पहिला कांग्रेस, माओबादीले सहमती गरेर प्रस्ताव ल्याउनुपर्ने पाण्डेले बताए ।
नेता पाण्डेले सत्तारुढ दलले एकमत भएर संबिधान संशोधनको प्रस्ताव ल्याउनेमा आशंका व्यक्त गरे । सत्तारुढ दलबीचमै गञ्जागोल र लडाँई रहेका कारण उनीहरुको एकमतमा संशोधन प्रस्ताव आउन कठिन रहेको पाण्डेको भनाई थियो । नेता पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकता र सदभावनामा सिमिति हुने बताए । भारत भ्रमणबाट नयाँ सम्झौता हुने सम्भावना नरहेको पाण्डेले जनाए ।
खोटाङ, भदौ २८ । नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले संबिधान संशोधनका बिषयमा सरकारले ह्वाईट पेपर ल्याउनु पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले मंगलबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले सत्तारुढ दलले संविधान संशोधनको आधारका बिषयमा ह्वाईट पेपर ल्याउनुपर्ने धारणा राखेका हुन् ।