ललितपुर । ललितपुरमा सशाम्बु युवा क्लव र लाकुरी समाजको सहकार्य तथा किरात समाजको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अस्पतालहरुमा बिरामीका लागि रगतको अभाव देखिदैं गएको अवस्थामा महालक्ष्मी नगरपालिका ९ ललितपुरमा क्लव र समाजले सहकार्य गरेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरका हुन् ।
रक्तदान कार्यक्रममा खोटाङे युवाहरुको सक्रिय सहभागिता रहेको थियो । किरात समाजमा आवद्धहरु अधिकांश खोटाङे युवाहरु रहेका थिए ।
किरात समाजका उपाध्यक्ष राज चाम्लिङले रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार करिब १ सय ५० जनाले रक्तदान कार्यक्रममा सहभागिता जनाएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here