खोटाङ पुष–१६,

‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो ।

(सार्वजानिक कार्यक्रम :सुम्निमा कलेक्सन ललितपुर)

सुम्निमा कलेक्सन, ललितपुरले निर्माण गरेको साकेला वीटको उक्त गीतमा शब्द तथा संगीत स्वयम गायक निश्चलकै रहेको छ । किरात राई साँस्कृतिक चेतवाट मार्गनिर्देशित हुँदै सोही साँस्कृतिक अभियानमा क्रियाशील गायक/गायिकाद्वयको उक्त गीतमा पनि किराती सौन्दर्यलाई नै उजागार गरिएको छ । गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति आदि पक्ष समेटिएको सुम्निमा कलेक्सनको निर्देशक कपिल राईको भनाई छ ।

कलाकारहरु उमेश राई(फुलन्देकी आमा), शेसुका राई, योगेन्द्र राई लगायतका कलाकारहरुको अभिनयले गीतलाई जीवन्त बनाएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सचिव पदम थुलुङ राईको बुझाई छ ।

विज्ञान राईद्वारा निर्देशित भिडियोमा सपन तामाङ र सागर किरातीले कोरियोग्राफ गरेका छन् । कलाकार योगेन्द्र आफ्नै सह–निर्देशनमा निर्माण गरिएको भिडियोलाई गायिका जानुका राईकै अफिसियल युट्युव च्यानल ‘जानुका राई अफिसियल’वाट सार्वजानिक गरिएको छ ।

गायनकै माध्यमवाट थुप्रै पुरस्कार तथा सम्मानका भागीदार वनिसकेकी गायिका राईको यसअघि किराती मिथकमा आधारित गीतहरु समेटिएको ‘थिबिया’ नामको गीति भिडियो एल्वमले चर्चा पाईसकेको छ । गायिका राईले किरात राई साँस्कृतिक कलाकार संघले निर्माण गरेको लगायत थुप्रै फुटकर गीतहरुमा समेत स्वराङकन गर्नुभएको छ । हाल उहाँ युकेमा रहेर पनि सांगीतिक यात्रालाई जारी राख्नुभएको छ ।

यस्तै, यलम्बर आईडल दोश्रो संस्करणको उपाधी उचाल्नका साथै गायकीकै माध्यमवाट थुप्रै पुरस्कार तथा सम्मान बटुल्न सफल निश्चलको यसअघि थुप्रै गीतहरु सार्वजानिक भईसकेको छ ।

यस साकेला गीतले समस्त किराती तथा गैर किरातीजनमा उर्जा दिने संस्कृतिकर्मीहरुको आँकलन छ ।

हेर्नुहोस भिडियो :

 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here