खोटाङ पुष–१४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले खोटाङमा विरोध प्रदर्शन गरेको छ । गाउँगाउँवाट नाराजुलुससहित आएका उक्त पक्षका नेता–कार्यकर्ताले दिक्तेलबजारमा केन्द्रीत भई विरोध प्रदर्शन गरेको हो ।

स्थानीय हेलिप्याडबाट शुरु भएको नाराजुलुससहितको ¥याली रत्नपार्कको किरात चोक, पुरानो बेशक्याम्प, हाटडाँडाँ, त्रिवेणीचोक हुँदै भवन गैरा गरी पाँच स्थानमा कोणसभा गरी सम्पन्न गरिएको उक्त पक्षले जनाएको छ ।

¥यालिको नेतृत्व गरेका नेकपा स्थायी समिति आमन्त्रीत सदस्य टंक राईले जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधी सभाको विघटन घोर असंवैधानीक भएको बताउनुभयो । केपी ओलीलाई नेता मान्नु नै गल्ति भएको भन्दै बहुमतको अधिनस्त अल्पमत भन्ने कम्युनिष्ट पार्टीको विधि विधान नै नमान्ने नेताको काम नभएको राईको ठहर छ ।

कोणसभाहरुमा नेकपा केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज एवम प्रदेश सभा सदस्य राजन राई, नेकपा केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ)ले सम्वोधन गर्नुभएको थियो ।

यस्तै, पुर्व सभाषद दुर्गाजयन्ती राई, समिता कार्की, प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका अध्यक्ष बवी चाम्लिङ, धु्रव वुढाथोकी(धिरेन), जिल्ला अध्यक्ष देवान किराती(पृथ्वी) लगायतका नेताहरुले कोणसभामा सम्वोधन गरेका थिए । वक्ताहरुले ओलीको असंवैधानिक कदम तत्काल खारेज हुनुपर्ने बताएका छन ।