खोटाङ, १ असोज । झोलुङ्गे तथा स्टील ट्रष्टगरि खोटाङमा पाँच वटा पुल एकै वर्षमा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । दिक्तेल र बुइपा जोड्ने कुसुङ्खा, चिसापानी र डम्बर्खुशिवालय जोड्ने काभ्रेखोला, ऐसेलुखर्क र राखावाङ्देल जोड्ने नौंवापुछार झोलुङ्गे पुल तथा चिप्रिङ र स–छितापोखरी जोड्ने साततले र दोर्पाचिउरीडाँडाको भालुकोरेस्थित लप्सेखोलामा निर्माण गरिएको स्टील ट्रष्ट हालै सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्राविधिक कार्यालय खोटाङको आर्थिक एवम् प्राविधिक सहयोग तथा स्थानीयवासीको श्रमदानमा पुल निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । तर्न नसकिने खोलामा पुल सञ्चालन भएपछि घण्टौं हिँडेर खोला पार गर्नुपर्ने समस्या समाधान भएको स्थानीयवासीले बताएका छन् ।
जिल्लामा अहिले पनि तीनवटा पुल निर्माणाधिन रहेको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख ईन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो । “यस वर्ष आठ वटा पुल निर्माण गर्ने योजना बनाइएको थियो ।” उहाँले भन्नुभयो, “बाँकी तीन वटाको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।”
भौगोलिक रुपमा बिकट मानिएको खोटाङ जिल्लामा अझै धेरै ठाउँमा झोलुङ्गे पुल बनाउनुपर्ने अवस्था छ । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लामा अहिलेसम्म १६५ ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
जिल्लाका कतिपय ठाउँका स्थानीय पुल अभावमा अझै घण्टौं हिडेँर खोला पार गर्ने गरेका छन् । स्थानीयवासीको समस्यालाई समाधान गर्न आफूहरु प्रयत्नरत रहेको प्रमुख ईन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।