काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जानकारी नदिई प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि पार्टीले कारबाही गरेको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ भने केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै ओलीमाथि कारबाहीमा पर्नेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त समेत गरेको छ ।

आइतबार बिहान मात्र ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएर संसद विघटनको निर्णय सुनाएका थिए । उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिसकेकी छिन् । अब वैशाखका लागि मध्यवधी निर्वाचन समेत तोकिएको छ । तर, सर्वोच्च अदालतमा प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध रिट परेकाले अदालतबाट सरकारको निर्णय बदर हुने सम्भावना पनि जिवित नै छ । सभामुखसँगको विशेषअधिकारबाट पनि संसद ब्युतिन सक्ने कानुनविद्हरुले बताउँदै आएका छन् ।

नेकपाभित्र असंवैधानिकसम्मको कदम भएसँगै पार्टी एकता करिब सकिएको छ भने अब नयाँ धुब्रिकरण सुरु हुने भएको छ । नयाँ ध्रुविकरण अनुसार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु एक खेमामा उभिएका छन् । अर्को खेमा ओली उभिएका छन् । प्रचण्ड नेपाल समूहका सात जना मन्त्रीले प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै आइतबार नै राजीनामा दिईसकेका छन् ।