खोटाङ पुस–१, खोटाङको दिक्तेलवजारमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन भएको छ । संसद अधिबेशन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
वुधवार(आज) कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएका नेविसंघका नेता तथा कार्यकर्ताले बेस क्याम्पमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकारको पछिल्लो कदम सर्वसत्तावादी भएकाले बिरोधमा पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताउनुभयो ।
आम नागरिकको अपेक्षा र संविधानको निर्देशन विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तर कदम चाल्नु भनेको निरंकुशताको अभ्यास र दुर्घटनाको संकेत भएको अध्यक्ष वस्नेतको भनाई छ । पुत्ला दहनपछि वोल्ने क्रममा वस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको पतनको दिन धेरै टाढा नभएको जनाउनुभयो ।
अध्यक्ष वस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो कदमलाई भोलीको पुस्ताले हिसाव–किताव चुक्ता गर्ने ठोकुवा गर्नुभयो ।।