
खोटाङ मंसिर-30 , विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसी मन्दिर खुलाईएपछि तीर्थालु भक्तजनहरुको चाप बढ्न थालेको छ । कोरोना महामारीका कारण ९ महिना अघि वन्द गरिएको मन्दिर गत १६ गतेवाट खुलाईएपछि दर्शनार्थीहरुको चाप वढ्न थालेको हो ।
किरात, हिन्दु र वौद्द धर्मावलम्वीहरुको आस्थाको संगमस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाउनुपर्दा करिव डेढ करोड रुपैंयाँ वरावरको भेटीघाटीमा घाटा भएको जनाईएको छ । अघिल्लो वर्ष मात्र देश–विदेशवाट आउने तीर्थालु भक्तजनहरुवाट करिव १ करोड वरावरको भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिकाको मेयर ईवन राईले वताउनुभयो । मेयर राईका अनुसार मन्दिर खुला गरिएपछि हाल भने दर्शनार्थीको चाप क्रमशः बढ्न थालेको छ । हाल, हलेसी क्षेत्रका होटल तथा व्यापार व्यवसाय पनि विस्तारै सञ्चालन हुन थालेको उहाँले सुनाउनुभयो ।
हलेसीमा वर्षेनी १५ दिनसम्म लाग्ने विभिन्न मेलाहरुमध्ये महत्वपुर्ण रामनवमी, तीज, उधौली, उभौली जस्ता मेलाहरु लगाउन नपाए पनि गत २८ गते परेको वालाचर्तुदशी मेला भने ऐतिहासिक रुपमै लागेको हलेसी हादेव विकास समितिले जनाएको छ । कोरोना कहरका कारण मेलाको बारेमा खास प्रचार प्रसार नगरे पनि करिब २० हजार तीर्थालु भक्तजनहरुको उपस्थिति रहेको समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिनुभयो ।।