खोटाङको साकेला गाउँपालिका–१ मा प्रहरीले विप्लव समूहलाई लक्षित गरेर छापा मारेको छ । प्रहरीले छापा मार्ने क्रममा पेस्तोल, भरुवा बन्दुक, मोबाइल सेट लगायतका सामग्री जफत गरेको स्रोतले जनाएको छ ।

विप्लवका नेता तथा कार्यकर्ता भने भाग्न सफल भएको बताइएको छ । विप्लव समूहले पूर्वमा केही दिन अगाडी एक शिक्षकको हत्या गरेपछि प्रहरी प्रशासनले उनीहरुको गतिविधि विरुद्ध कडाई गर्दै आएको छ ।