खोटाङ, असोज ४ । खोटाङ सदरमुकाम दिक्तेलमा सुन्ने सुनाउने कार्यक्रम सम्पन्न भएको छ । खोटाङ गजल मञ्च र टेम्के–तुवाचुङ प्रतिष्ठानको संयुक्त आयोजनामा सिर्जना सुन्ने सुनाउने कार्यक्रम आयोजना गरिएको हो ।
एक आपसमा सुनेर र सुनाएर साहित्य सिर्जनालाई थप स्तरियता प्रदान गर्ने वाताबरणकालागि कार्यक्रम गरिएको आयोजकले जनाएको छ । सरस्वती उच्च माबिको हलमा शनिबार आयोजित कार्यक्रममा खोटाङका ५० भन्दा बढी श्रष्टाहरुले आफ्नो सिर्जना बाचन गरेर सुनाएका थिए ।
जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेको प्रमुख आतिथ्य, प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधान र गीतकार राजन राईको बिशेश आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।