खोटाङ । खोटाङका तीन निकाय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ । डीएसपी चिमरीयालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।