काठमाडौं । नेकपाका नेता तथा सांसद विशाल भट्टराईले दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसरमा गृह जिल्ला खोटाङ पुगेका सांसद भट्टराईले संघीय संसद सचिवालय काठमाडौंलाई एक पत्र लेखेर आगामी महिनाको तलबबाट दशैं भत्ता बापतको रकम फिर्ता गर्न भनेका छन् ।

‘हामी सबैले आ–आफ्नो तर्फबाट त्यागसहितको योगदान गर्नु आजको आवश्यकता हो । तसर्थ हाल आफू जिल्लामा रहेकाले आफू उपस्थित भएर फिर्ता गर्न व्यवहारिक कठिनाई भएकोले आगामी महिनाको पारिश्रमिकबाट कटौती गरि राज्यकोषमा मेरो दशैं भत्ता वापतको रकम फिर्ता गर्ने व्यहोरा अवगत गराइन्छ ।’ उनले पत्रमा लेखेका छन् ।

कोरोनाका कारण विश्वसँगै हाम्रो देश नेपाल पनि प्रभावित भएको र आगामी दिनमा पनि अर्थतन्त्रको क्षेत्रमा ठुलो चुनौती र संकटको समाना गर्नुपर्ने स्थिति रहेको रहेको भन्दै यस्तो बेला सकार, जनप्रतिनिधिहरु र सम्प्रर्ण नेपालीहरु मिलेर आर्थिक पुनरुत्थानको निम्ति एकतावद्ध भई काम गर्नु परेको पनि जनाएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here