खोटाङ, असोज ७ । संघीय समाजबादी फोरम नेपाल खोटाङका पुर्वअध्यक्ष सुर्यबहादुर राई र पुर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराईको नयाँ शक्ती पार्टीमा प्रबेश गरेका छन् । लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पुर्वअध्यक्ष र पुर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तीमा प्रबेश गरेका हुन् ।
उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राई लगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तीमा प्रबेश गरेका छन् । उनीहरुलाई राजधानीमा आयोजित कार्यक्रममा नयाँ शक्तीका संयोजक बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे । संबृद्ध राज्य निर्माण अभियानको राष्ट्रिय बहस अभियानकाक्रममा नयाँ शक्तीमा लागेको पुर्वअध्यक्ष राईले बताए । उनीहरुभन्दा अगाडि नै ईन्द्र नारथुंगे लगायतका नेता नयाँ शक्तीमा प्रबेश गरिसकेका छन् ।
उनले गत बुधबार आफ्नो फेसबुकमा ७ महिनादेखि पार्टीको पत्यक्ष गबिधिबिमा समाबेश हुन छाडेको र पार्टीको जिम्मेवारीमा नरहेको धारणा पोष्ट गरेका थिए । नयाँ शक्तीमा लागेका सुर्यबहादुर कृषि र शिक्षाको क्षेत्रमा काम गर्दैआएको शुभमफाउण्डेसनका कार्यकारी निर्देशक र किशोर ऐसेलुखर्कका व्यवसायीक किसान हुन् । यसअघि नै नयाँ शक्तीमा लागेका कृषिबिज्ञ मदन राईसँगै काम गर्दैआएका सुर्यबहादुर मदनकै कारण नयाँ शक्तीमा लागेको बताईन्छ । कृषिबिज्ञ मदन नयाँशक्तीमा लागेदेखि नै सुर्यबहादुरलाई पनि नयाँ शक्तीमा जाने अनुमान गर्न थालिएको थियो ।
नयाँशक्तीमै लाग्ने मनसायले पुर्वअध्यक्ष र पुर्वउपाध्यक्ष लामो समयदेखि निस्क्रिया रहँदैआएको संघीय समाजबादी फोरम खोटाङका अध्यक्ष नबिन राईले बताए ।