
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद पुनगर्ठनका क्रममा रक्षामन्त्री इश्वर पोखरेललाई हटाइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । उपप्रधान तथा रक्षामन्त्री पोखरेलको उपप्रधान हटाइएको छैन ।
उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्। त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए। तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेकी छन्।