
असोज २३ खोटाङ, एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २२ गते राती दश बजेको समयमा दिक्तेलबजारस्थित रत्नपार्कमा अन्दाजी १५/१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले सोही रात प्रहरीले पक्राउ गरेको हो ।
आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेलमा दिएको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजना विरुद्ध असोज २३ गते यौन दुव्र्यवहार सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको छ ।।