खोटाङ असोज–२१, ‘विहान र वेलुका चाँही म फर्ममै तल्लिन हुन्छु ।’ विरेन्द्र ढकाल भन्नुहुन्छ–‘९ वजेपछि वडा कार्यालयमा जान्छु अनि वेलुकी फर्किएर वाख्राकै स्याहार सुसारमा ।’
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालको पहिलो प्रथमिकता भनेकै जनताको सेवा अर्थात वडाका नागरिकको काम । दिनभरी जनताको सेवामा खटिने ५० वर्षिय वडाध्यक्ष ढकालले वचेको सवैजसो समय वाख्राको स्याहारसुसारमा खर्च गर्नुहुन्छ ।
परम्परागत शैलिवाट पहिलेदेखि नै वाख्रा पाल्दै आउनुभएको ढकाल २०७१÷७२ सालदेखि कालिका बाख्रा फार्म दर्ता गरेर व्यवसायिक रुपमा वाख्रापालनमा लाग्नुभयो । विरेन्द्र ढकालले २०७४ को निर्वाचनवाट वडाध्यक्षमा चुनिएपछि पनि व्यवसाय छाड्नुभएन ।
कृषि व्यवसायवाटै आर्थिक लाभ लिन तम्सिनुभएका वडाध्यक्ष ढकालले वाख्रापालनवाट मात्रै वार्षिक ५ लाख रुपैंयाँ वढी आम्दानी गर्दैआउनुभएको छ । हाल प्रयोगमा आईरहेका खोरहरुलाई नै परिमार्जित गर्दै आधुनिक वनाउने उहाँको योजना छ ।
‘वोयर लगायत उन्नत जातको करिब एक हजार वढी बाख्रा पाल्ने योजना छ !’ ढकाल थप्नुहुन्छ–‘वजारको पनि वढ्दो माग छ ।’ विजयखर्क वाख्रापालनको लागि उपयुक्त जंगल तथा चरणक्षेत्र भएको कारण पनि सफलता हात लाग्दै आएको उहाँ सुनाउनुहुन्छ ।
‘कैलेकाहीँ त जंगलतिरैवाट वच्चा हुर्काएर ल्याउँछन् ।’ खुशी मुद्रामा सुनाउँनुहुन्छ–‘जंगल पठाएपछि आफै घर फर्किएर आउँछन्, कति उतै रहन्छन् र वच्चा सहित दुई–तीन दिनमा आईपुग्छन् ।’
विरेन्द्रको करिव ५ रोपनी जग्गामा बाख्राको लागि चाहिने उपयुक्त डालेघाँस समेत लगाईएको छ । वाख्रा पाल्नु मात्र नभई त्यसवारे ज्ञान लिनु र स्याहार सम्भारमा ध्यान दिन जरुरी हुने उहाँको सुझाव छ । वाख्रावाटै आत्मनिर्भर वन्ने उहाँको संकल्प हो ।
ढकालले वाख्रापालनसँगै तरकारी तथा फलफुल खेतिलाई समेत व्यवसायिक वनाईरहनुभएको छ । ढकालको काममा उहाँकी श्रीमति र दुई छोराले सघाउने गर्नुभएको छ ।
रहर लाग्दा वाख्राका वथानहरुसँगै घर वरीपरि केराघारीमा पसाईरहेका केराका घरी, लटरम्म फलिरहेका रुख कटहर, भुईँकटहर, सुन्तला जस्ता वगानहरुले ढकाल परिवारको खुशी फुलाईरहेका छन् ।
’हामी सवै परिवार यीनै सेरोफेरोमा समय कटाउँछौं, समय कटाएको पत्तै पो हुँदैन ।’
१५ नम्वर वडाका अध्यक्ष विरेन्द्र ढकाल मुसुक्क हाँस्नुभयो ।।