खोटाङ असोज–२०,  स्थानीय तह स्तरीय कमिटिको इन्चार्ज, सह–इन्चार्ज लगायत जिम्मेवारी बाँडफाँडको टुंगो लगाएपछि नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) खोटाङले पूर्णता पाएको छ । केन्द्रमा तत्कालिन एमाले र माओबादी केन्द्रको एकीकरण भएको झण्डै दुई वर्षपछि जिल्लामा नेकपाले १० स्थानीय तह कमिटिको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको हो ।

पालिका स्तरीय कमिटिको अध्यक्ष र सचिवको टुंगो लगाएको केही समयपछि नेकपाको असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको जनाएको छ ।
मंगलबार बिहान नेकपाले पुष्पलाल स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख जीवन राई (संगीन)ले ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपीलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज तोकेको जानकारी दिनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज, साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको प्रचा् विभाग प्रमुख राईले जनाउनुभयो ।

वैठकले दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्च बिश्वकर्मालाई इन्चार्ज र इन्द्र दंगाललाई सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा देबी रेग्मीलाई इन्चार्ज र बिरबल राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको छ । खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुंगेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सिताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निसाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको भूमीका पाएका छन् ।
नेकपाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे आकाशलाई जिम्मेवारी तोकेको छ ।

१८ बिभागको जिम्मेवार बाँडफाँड

नेकपाले १८ वटा बिभागको जिम्मेवारी पनि बाँडफाँड गरेको छ । संगठन बिभागको प्रमुखमा रामप्रसाद दंगाल, उप–प्रमुखमा दिपक पाण्डे र सचिवमा जलसेर राई चयन भएका छन् । स्थानीय तह तथा परिचालन बिभागको प्रमुखमा देवबिक्रम राई, उप–प्रमुखमा लिला श्रेष्ठ र सचिवमा रमेश तिवारी, पार्टी स्कुल बिभागको प्रमुखमा बिनोद आचार्य, उप–प्रमुखमा प्रकाश चौंलागाई र सचिवमा बिष्णु राई, आर्थिक व्यवस्थापन बिभागको प्रमुखमा उपिनकुमार राई, उप–प्रमुखमा जयप्रकाश राई र सचिवमा राजन आचार्य चयन भएका छन् ।

यस्तै, उदिम किराती(मुक्ती) प्रमुख रहेको अनुशासन, न्याय, कानून तथा मानव अधिकार बिभाग, जलसेर राई प्रमुख रहेको युवा तथा खेलकुद, सनमान खड्का प्रमुख रहेको उद्योग तथा बाणिज्य विभाग, दिपनारायण रिजाल प्रमुख रहेको पुस्तकालय तथा अभिलेख विभाग गठन गरिएको छ । नेकपाले दिलचक्र राई प्रमुख रहेको सामाजिक सुरक्षा तथा विपद व्यवस्थापन बिभाग, नरेशराज राई प्रमुख रहेको भौतिक पुर्वाधार तथा पर्यटन÷अनुगमन बिभाग, गणेश कोईराला प्रमुख रहेको कृषि वन तथा जलश्रोत बिभाग गठन गरेको जनाएको छ ।

नेकपाले जेनी राई प्रमुख रहेको निर्वाचन बिभाग, जीवन राई (संगीन) प्रमुख रहेको प्रचार तथा प्रकाशन बिभाग, कल्पना चाम्लिङ (सोनिया) प्रमुख रहेको साहित्य कला तथा संस्कृति बिभाग, चईन्द्र राई प्रमुख रहेको सहकारी तथा गैसस विभाग, अर्जुन खड्का (झंकार) प्रमुख रहेको शिक्षा तथा स्वास्थ्य विभाग गठन गरेको उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा मनकुमारी रसाइली रश्मी प्रमुख रहेको उपभोक्ता हित, जनसम्पर्क विभाग र पुन्यबहादुर मगर(हिरण्य) प्रमुख रहेको श्रम, रोजगार तथा गरिबि निवारण विभाग गठन गरिएको जनाईएको छ ।

यस्तै, गीतामायाँ राईलाई महिला, लिला निरौलालाई मजदुर, मनिषा राईलाई इन्जिनियरिङ, बिणादेबी राईलाई जनसंस्कृति र सम्बर भुजेललाई आदिवासी जनजाति तथा सिमान्तकृतको फाँटको जिम्मेवारी दिइएको छ । नेकपाले ५ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटि सदस्य थप गरेको जानकारी दिएको छ ।

महिला हिंसा तथा छुवाछुत गर्नेले उम्मेदवार बन्न नपाउने

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाईका साथ कारबाही गर्ने जनाएको छ । जिल्लाका दलित समुदायले सुरु गरेको संघर्षमा ऐक्यवद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निश्कासन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्न समेत बन्देज गर्ने निर्णय गरिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले जानकारी दिनुभयो ।

बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ बर्गको अपांगता भएका व्यक्ती, भूपु इन्डियन र ब्रिटिस आर्मीको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गर्ने, कोरोनाको संक्रमण रोकथामका लागि जनचेतनामुलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको जनाएको छ ।।