खोटाङ असोज–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधिन पूर्व पहाडी जिल्लाकै ब्यवस्थित रङगशालाको काम अन्ति चरणमा पुगेको छ । बुइपाका अग्रज प्रभुराम राईको अगुवाई तथा ईलाभेन स्पोर्टस क्लबको पहलमा २०६५ सालदेखि शुरु गरिएको खेलमैदान हाल रङगशाला वन्ने चरणमा पुगेको हो ।

बुइपाली खेलप्रेमी तथा समाजसेवीहरुले चन्दा संकलन गरेर निमार्ण कार्य थालेको खेल मैदान हाल सुबिधा सम्पन्न पक्की प्याराफिटसहित राष्ट्रिय मापदण्ड अनुरुप रङ्गशालाको रुपमा विकास भईरहेको छ । करिब ३३ रोपनी क्षेत्रफलमा निर्माणाधिन रङ्गशाला १ सय ३० मिटर लम्बाई र ९० मिटर चौडाइको रहेको छ ।

रङ्गशालालाई नगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएर ६० लाख रुपैयाँ बजेट बियोजित गरेर खर्च गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले जनाउनुभयो । नगरपालिकाले यस आर्थिक बर्ष पनि रङ्गशालाका लागि ५० लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको मेयर रिजालको भनाई छ । रंगशाला निर्माण गर्न प्रदेश सरकारले पनि ६० लाख रुपैयाँ बजेट बियोजित गरेको थियो ।

रंगशालामा आसन कक्ष सहितको ब्यवस्थित मञ्च, दर्शकका लागि दुई वटा पक्की प्याराफिट, खानेपानीको धारा तथा शौचालय निर्माण भईसकेको छ । हाल, रङ्गशालाको घेराउ तथा वाल लगाउने कार्य सुरु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ अध्यक्ष दिनेश राईले बताउनुभयो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here