दिक्तेल नगरपालिकाको उपमेयर राईलाई प्रबल जनसेवा श्री चतुर्थ पदक

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयर बिनादेवी राईलाई सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित गर्ने घोषणा गरेको छ ।

राष्ट्रपतिबाट २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा देशकै ४ जना उपप्रमुखहरु मध्ये उपमेयर राईलाई पहिलो नम्बरमा प्रबल जनसेवा श्री चतुर्थ पदक द्वारा विभुषित गर्ने घोषणा भएको हो ।

सरकारले हरेक वर्ष संविधान दिवसको दिन विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई विभिन्न पुरस्कारबाट विभुषित गर्दै आएको छ । संविधान दिवसको दिन घोषणा गरिएका व्यक्तिहरुलाई राष्ट्रपतिले पदकसहित विभुषित गर्ने चलन रहेको छ ।