ललितपुर । ललितपुरमा स्थानीय प्रशासनले शुक्रबारका लागि कर्फ्यु जारी गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव उत्पन्न भएका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको जनाएका छन् ।

प्रशासनले कर्फ्यु जारी गर्दै सर्वसाधरण लगायत सबैलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ भने घर बाहिर निस्किएमा सुरक्षाकर्मीले गोली हान्न सक्ने भन्दै सचेत गराएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here